झापाको गौरीगञ्ज गाउँपालिका वडा नं.३ ठेकिटोलास्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
गएराति ९:२० बजे गौरीगञ्ज बजारबाट कोरोबारीतर्फ जाँदै गरेको मे ८ प ८८९५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइलक चालक गौरीगञ्ज गाउँपालिका वडा नं.४ बस्ने अन्दाजी ३० वर्षीय रोशन मगरको मृत्यु भएको हो ।
त्यस्तै मोटरसाइकलमा पछाडी सवार गौरीगञ्ज गाउँपालिका वडा नं.२ बस्ने अन्दाजी ३२ वर्षीय श्याम राजवंशी घाइते भएका छन् । दुवै जनालाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाइएकोमा उपचारको क्रममा मोटरसाइकल चालक मगरको राति १०:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement







