• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेची-महाकाली यात्रा: २७ महिलासहित ९८ जना सडक मानवको उद्धार


  •    संवाददाता/ बिहिबार, कार्तिक ०८, २०८१  

  • मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको दशौँ दिन बुधबार १२ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।

    ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको यात्रामा बुधबार दुईबालिका सहित १२ जनाको उद्धार भएको हो ।

    Advertisement

    बुधबार मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत भरतपुर, सिजी, कावासोत, चोरमारा, दुम्कीबास, क्षेत्रमा उद्धार टोली खटिएको हो ।

    Advertisement

    मंगलबार रातिको सडक सेवामा खटिएको उद्धार टोली चितवन खैरहनी नगरपालिका-१ ज्यामिरे बाट ४५ वर्षीय आमा र ११ वर्षीय छोराको उद्धार गर्न सफल भएको हो । बुधबार बिहान भरतपुर महानगरपालिका-१ बाट दुई जना महिला गरि चितवनबाट चार जनाको उद्धार गरिएको छ ।

    त्यस्तै गैँडाकोट नगरपालिका-१० बाट एक जना, देवचुली नगरपालिका-१३ बाट एक जना, कावासोती नगरपालिका-८ बाट दुई जना, मध्यबिन्दु नगरपालिका-७ चोरमाराबाट दुई बालिका सहित पाँच जना र विनयी त्रिवेणी गाउँपालिका-२ बाट एक जना गरि बुधबार १२ जनाको उद्धार भएको छ । नवलपरासी पूर्वबाट उद्धार हुनेको सङ्ख्या १० रहेको छ ।

    त्यस्तै उद्धार गरिएको १२ जनालाई मानवसेवा आश्रम चितवन सेवाकेन्द्रमा संरक्षणको लागि लगिएको छ ।

    असोज २८ गते मेचीनगरदेखि सुरु भएको यात्राको दशौँ दिनसम्मको अवधिमा ९८ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । उद्धार भएकामा २७ महिला र ७१ पुरुष रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.