चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक सोबिलाल मेचेको निधन भएको छ ।
करिब दुई दशकसम्म नेपाली चलचित्रमा निर्देशक र कलाकारको रूपमा सक्रिय मेचे एक वर्षयता पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण थलिएका थिए । आर्थिक अभाव भएपछि कलाकार मेचेले घरबाटै स्वास्थ्य उपचार गर्दै आएका उनको आइतबार मृत्यु भएको हो ।
मेचेले नेपाली, मेचे र राजवंशी भाषाका चलचित्र जेन्नै तेन्नै, बगानेर फुल, सितार सिन्दुर जस्ता चलचित्रमा अभिनय गरेका थिए । उनले भारतमा पनि दर्जनौं चलचित्रमा कलाकार भएर भूमिका निर्वाह गरेका थिए । थुप्रै फिल्महरुमा द्वन्द्व निर्देशक, निर्माता र नेपाली सर्ट सिरियल तथा कमेडी भिडियो क्लिपमा कलाकारको भूमिकामा देखिएका थिए ।
Advertisement
मेचीनगर-११ धाइजन निवासी मेचे नेपाल चलचित्रकर्मी महासंघ कोशी र नेपाल चलचित्र द्वन्द्व कलाकार संघ कोशी प्रदेश सदस्य रहेका थिए ।







