• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा बहुउद्देश्यीयको दुहागढी इकाइगत साधारण सभामा चार जना सम्मानित


  •    संवाददाता/ बिहिबार, असोज १०, २०८१  

  • झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवा केन्द्र दुहागढीको इकाइगत साधारण सभा सम्पन्न भएको छ ।

    इकाइगत साधारणसभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन र ऋण उपसमिति संयोजक हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    Advertisement

    उक्त अवसरमा चार जना सदस्यलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्जा कारोबारकर्ता उदयकुमार रानामगर, उत्कृष्ट आवधिक बचतकर्ता कान्छी राजवंशी, उत्कृष्ट साधारण बचतकर्ता हीरामणि राजवंशी र उत्कृष्ट शिक्षा बचतकर्ता योजिना भुजेललाई सम्मान गरिएको थियो ।

    Advertisement

    उनीहरुलाई संस्थाका सल्लाहकार संयोजक सावित्रीकुमारी लिम्बू, सल्लाहकार सदस्यद्वय घनश्याम मिश्र, ओमप्रकाश खरेल, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मान पत्र प्रदान गरेका थिए ,।

    आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४ करोड ९६ लाख ४६ हजार ७७६ रुपैयाँको आय-व्यय प्रस्तुत गरिएको कार्यक्रममा संस्थाले विभिन्न सात वटा व्यावसायिक परियोजना सञ्चालनमा ल्याउने प्रस्ताव गरिएको छ ।

    आव २०८०/०८१ को असार मसान्तसम्मको संस्थाको शेयर पुँजी ३ करोड ५५ लाख १० हजार ३ सय, कोष हिसाब २ करोड २० लाख १ हजार ६९ रुपैयाँ ४७, बचत संकलन १८ करोड ५१ लख ४१ हजार ४ सय रुपैयाँ २२, १८ करोड २० लाख ५ हजार ८ सय ८३ रुपैयाँ ५९ पैसा ऋण लगानी रहेको छ ।

    कार्यक्रममा सञ्चालक समिति सदस्य लक्ष्मीप्रसाद घिमिरे, रोहित काफ्ले, रुपामाया प्रधान, व्यवस्थापक तीर्थराज तिम्सिना, सेवा केन्द्र प्रमुख विपना तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

    सञ्चालक समिति सदस्य चिजा राईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।

    संस्थाको इकाइगत साधारणसभा अन्तरगत भोलि ११ गते सदस्य सेवा केन्द्र शनिश्चरेको पितृ भवनमा हुनेछ । संस्थाको असोज ९ गतेदेखि शुरु भएको इकाइगत साधारण सभा १६ गतेसम्म हुनेछ भने अन्तिम माइन्युट प्रमाणीकरण भेला १६ गते बुधबार बिर्तामोडस्थित अग्रसेन भवनमा हुने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.