झापाको बाह्रदशीमा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
गएराति ९:३० बजे बाह्रदशी गाउँपालिका वडा नम्बर २ राजगढ बस्ने ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो ।
डुबेको अबस्थामा फेला पारी स्थानीयले मृतकको शव पैनीबाट बाहिर निकालेका थिए । शवनजिकै साईकल समेत फेला परेको थियो । थप अनुसन्धान तथा कानुनी प्रकृयाको पुरा गरि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरीले जनाएको छ ।
Advertisement







