वर्षा महिला कृषक समुहले तरकारी खेती तालिम सम्पन्न गरेको छ ।
मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा रहेको समुहले क्षमता विकास कार्यक्रम अन्तरगत तीन दिने तालिम आज सम्पन्न गरेको हो ।
समुहका अध्यक्ष भागिरथा खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष मधुसूदन निरौला रहेका थिए ।
उक्त तालिमको सहजीकरण फडिन्द्र ढुङ्गानाले गरेका थिए ।
तालिममा माटोको विशेषता, तरकारी खेती कसरी गर्ने, कुन किराले तरकारी खेतीलाई फाइदा र बेफाइदा हुन्छ लगायतका बारेमा बताएका थिए ।
उक्त अवसरमा दुर्गा हनुमान मन्दिर सञ्चालक समिति अध्यक्ष महेन्द्रादेवि पराजुली, प्रशिक्षक फडिन्द्र ढुङ्गाना, विचार चौतारी युवा क्लबका अध्यक्ष नेत्रप्रसाद मिश्र लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
तालिम समापन समरोहको अवसरमा रामकुमारी वाग्ले, यसोदा रिमाल, भावना भण्डारी, हेमकला सापकोटा लगायतले सिकाइ मन्तव्य राखेका थिए ।
समुहका उपाध्यक्ष पवित्रा बस्नेतले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन कमला बरालले गरेकी थिइन् ।







