भद्रपुर । कोरोना भाइरसको महामारीले झापामा रगत अभाव भइरहेको बेला भद्रपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
भद्रपुर मारवाडी सङ्घ, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च र युवती मञ्चको संयुक्त आयोजनामा भद्रपुर मारवाडी सङ्घको भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सह आयोजनामा गरिएको रक्तदान कार्यक्रममा दुई महिलासहित ५४ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सम्पन्न गरिएको सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिए ।
Advertisement







