• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा परेका राष्ट्रिय स्तरका योजना सरकारले खारेज गरेको प्रसाईंको आरोप


  •    संवाददाता/ मङ्गलबार, बैशाख २७, २०७९  

  • बैशाख २७, बिर्तामोड । बिर्तामोड नगरपालिकामा नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडमा भौतिकपूर्वाधार,कृषि,पशुपालन,शिक्षा,विपन्न आवास लगायतका क्षेत्रमा उल्लेखनिय प्रगति भएको बताउनु भयो ।
    चुनावी प्रचार अभियानका क्रममा आज मंगलबार वडा नम्बर ६मा आयोजना गरीएको कोणसभालाई संवोधन गर्दै निवर्तमान नगरउपप्रमुख समेत रहनुभएकी उम्मेदवार प्रसाईले विगत ५ वर्षको अवधिमा धेरै प्रगति भएको बताउनु भयो । उहाँले नेकपा एमालेले बिर्तामोडमा १० वटै वडा जोड्ने गरिको रिङ्गरोडको आवश्यकता भएको महसुस गरेर अवधारणा ल्याएको बताउनु भयो । यस्तै नगरभित्र रहेका उद्यान पार्क,ऐतिहासिक स्थलहरुलाई पर्यटनसंग जोडेर उद्यमशिलतासंग जोडेर उद्योग र समृद्धितिर अघि बढाउनु पर्ने बताउनु भयो ।

    बैदेशिक रोजगारकाकारण मुलुक तहसनहस हुने अवस्थामा रहेकोले यहाँ भएका साना उद्योगहरुलाई विकास गर्दै कृषि क्षेत्रलाई पनि प्रविधिमा जोडेर व्यवसायीकरुपमा अगाडी बढाउनु पर्ने बताउनु भयो । उम्मेदवार प्रसाईले पर्यटन र होटल मेनेजमेन्ट अध्यनका लागि बिर्तामोडमा नाथुन कलेको स्थापना गरेको पनि जानकारी दिनु भयो ।

    Advertisement

    नेकपा एमालेको सरकारले आयोग गठन गरेर जग्गा पहिचान गरि भूमीहिन सुकुम्वासीको लगत संकलन कार्य सुरु गरेको तर परमादेशी सरकारले यसलाई विगठन गरीदिएको उम्मेदवार प्रसाईले बताउनु भयो । बिर्तामोडमा परेका राष्ट्रिय स्तरका योजनासमेत परमादेशी सरकारले खारेज गरेको बताउनु भयो ।

    Advertisement

    यस्तै उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले विजयी पश्चात आफ्नो जिम्मेवारीमा रहनेकामहरु इमान्दारीताका साथ पुरा गर्ने प्रतिवद्वता जनाउनु भयो । वडानम्बर २का निवर्तमान वडाध्यक्ष समेत रहनु भएका संग्रौलाले यस अघिका अधुरा कामहरु पुरा गर्ने र बाँकी नयाँ योजनालाई अघि बढाउने बताउनु भयो । कृषि,पशुपंछिको क्षेत्रमा किसानहरुलाई अनुदानको व्यवस्था अझै बढाएर लैजाने समेत बताउनु भयो ।
    नेकपा एमालेको तर्फबाट वडा नम्बर ६ को वडाध्यक्षमा बुद्विराम भट्टराई,खुल्ला सदस्यमा महिला तर्फ आइतमाया लिम्बु सेर्मा,दलित महिला सदस्यमा पदमकुमारी दियाली,सदस्यमा खेमनाथ अधिकारी र देवी प्रसाद नेपाल उम्मेदवार रहनु भएको छ । प्रचार प्रसारको अन्तिम दिन एमाले बिर्तामोड नगरकमिटिले वडा नम्बर ६का स्यालडाँगी,पिपलचोक,बुट्टाबारी लगायतका क्षेत्रमा कोणसभा सम्पन्न गरेको छ । प्रचार प्रसारका क्रममा टोलटोलमा रहेका ज्येष्ठ नागरिकहरुलाई खादा लगाएर सम्मान समेत गरीएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
    रास्वपाका केन्द्रीय सदस्य चुन्न आज मतदान, निर्धारित समयमा सुरु हुने सम्भावना कम
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.