रास्वपाका केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ । मतदान ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’मार्फत् हुने रास्वपाले जनाएको छ ।
मतदान आज बिहान नौ बजेबाट सुरु गर्ने तयारी छ । तर राति अबेरसम्म मनोनयन दर्ता भएकाले निर्धारित समयमा मतदान सुरु हुने सम्भावना कम रहेको स्रोतले बताएको छ ।
रास्वपाको सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
Advertisement
केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ । रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुंगो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।
रास्वपाका अनुसार केन्द्रीय सदस्य र पदाधिकारीको मतदान आजै सकाएर आजै नतिजा सार्वजनिक गर्ने तयारी छ ।







