✍️सन्तोष बराल
प्रसिद्ध दार्शनिक अरस्तुले भनेका छन् मानिसले पुर्ण जीवन त्यस बेला प्राप्त गर्दछ, जव उसले देशको राजनीतिमा भाग लिन्छ । यस भनाई बाट यो प्रष्ट हुन्छ,की प्रजातन्त्र प्रति र राजनीति प्रति जनता लाई मोह,आस्था र महत्व कति हुन्छ ।
निर्वाचनको आचार संहिता २०७८ अनुसार निर्वाचन भन्नाले संबिधान तथा प्रचलित संघिय कानुन बमोजिम हुने राष्ट्रपति उपराष्ट्रपति , संघिय संसद सदस्य,प्रदेश सभाका सदस्य तथा स्थानिय तहका सदस्यको निर्वाचन सम्झनु पर्छ सो शब्दले उपनिर्वाचन लाई समेत जनाउँछ ।
कुनै पनि निर्वाचन दोस रहित हुदैन यसका आ आफनै मौलिक बिषेशता हुन्छन् सकारात्मक र नकारात्मक बिषेशता हुन्छन् । हाम्रो मुलुकले पनि केहि मात्रामा सुधारीएको व्यवस्थाको रुपमा प्रत्यक्ष र अप्रत्यक्ष निर्वाचन प्रणाली लागुगरेको छ ।
कुनै पनि राष्ट्रको प्रजातन्त्रको स्तरमापन गर्न वा जाँच गर्ने मापदण्ड भनेकै निर्वाचन प्रणाली हो । निर्वाचन भनेको एक प्रक्रिया हो जसमा तमाम जनताको सहमति रहेको हुन्छ । जनता लाई स्वतन्त्र बिकल्पहरु दिईएको हुन्छ । बिगत र वर्तमान विश्वलाई अध्ययन गर्दा जे जस्ता क्रान्ति तथा संघर्ष भए ति सबै निर्वाचन प्रणाली सुधारका लागि भएको पाईन्छ ।
आजको परिवेशमा निर्वाचन लाई प्रजातन्त्रको अभिन्न अंगको रुपमा बुझनु पर्दछ ,यसलाई मानव अधिकार संग जोडेर हेर्ने गरिन्छ ।
निर्वाचन प्रणालीले शासान ब्यवस्था लाई अझ दरिलो वा मजबुत बनाउन समय सापेक्ष मदत गरेको हुन्छ । बिकल्पहरु मध्ये बाट उत्कृष्ट छान्नको लागि गरिने एउटा कार्यक्रमहो निर्वाचन यो मानिस मात्रमा गरिन्छ । निर्वाचन प्रणाली भनेको प्रकिृयाहो जसको आधार बाटनै सबै प्रकिृया पुर्याएर निष्पक्ष तरिकाले निर्वाचन गरिन्छ ।
कुनै प्रणाली आफैमा सम्पन्न हुदैन, त्यसलाई सैदान्तिक प्रकिृयाले मात्र पनि त्यसको अस्तित्व कायम राख्न सम्भव हुदैन निर्वाचन प्रणाली लाई पुर्ण बनाउन ब्यवाहारीक पक्षलाई समानान्तर रुपमा लिएर जानु पर्छ । निर्वाचनको माध्यमबाट सार्वजनिक पद वा प्रतिस्पधाको लागि मैदानमा उभिएका उम्मेदवारहरु आ-आफनो तर्फबाट गरेको प्रतिस्पर्धा लाई व्यवस्थित गर्न वा त्यसलाई प्रजातान्त्रिक गर्नका लागि निश्चित मान्यता सिदान्त र कार्यबिधि को सम्बन्धमा संबिधान ऐन कानुनमा नै त्यसको सम्बन्धमा प्रष्ट व्यवस्था गरिएको हुन्छ जस लाई निर्वाचन प्रणाली भनिन्छ ।
निर्वाचन प्रणालीका प्रकारका सम्बन्धमा मुख्यरुपमा प्रत्यक्ष निर्वाचन प्रणाली र अप्रत्यक्ष निर्वाचन प्रणाली गरि उल्लेख गरिन्छ । पहिलो हुने निर्वाचित हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचन प्रणाली हो । बिश्व प्रसिद्ध यो प्रत्यक्ष निर्वाचन प्रणाली बढी प्रयोग हुने र बिश्व व्यापि छ । सबै क्षेत्र जात वर्ण धर्म अल्पसंख्यक को प्रतिनीधित्व सुनिश्चि गर्न प्रणाली भनि प्रयोग आएको बिश्व प्रचलित लोकप्रिय बिधि समानुपातीक प्रणाली अप्रत्यक्ष निर्वाचनको उदाहरण हो । केहि व्यवाहारीक तथा कानुनि रुपमा मान्यता पाएका निर्वाचनहरु निम्न अनुसार छन् ।
१. सापेक्षित बहुमत प्रणाली
सापेक्षित बहुमत प्रणालीको आधारमा गरिएको निर्वाचन प्रणालीमा निर्वाचन क्षेत्र भित्र जतिसुकै मतदान केन्द्र उपकेन्द्र, असन्तुलीत जनसंख्या वा मतदाता भएपनि कुल बैध मत मध्ये बाट प्रतिस्पधामा जतिसुकै उम्मेदवारको संख्या भएपनि बढी मत पाउने उम्मेदवार निर्वाचित भएको मानिन्छ । उम्मेदवारको संख्या पाँच भएको अवस्थामा छबिस प्रतिसत ले नै पनि बिजय प्रात्त गरी प्रतिनीधित्व गर्न सक्छ । बाँकी खसेको मतको परिमाण आउँदैन ,कुनै मुल्याङकन हुदैन । यस प्रणालीमा जति सुकै मत खसे पनि सबैभन्दा बढी मत प्राप्त गर्ने विजय हुने वा अहोदा पाउने गर्दछ । यस लाई पहिलो हुने पद पाउने सिदान्त वा पहिलो हुने निर्वाचित हुने प्रणाली भनिन्छ ।
२. निरपेक्ष बहुमत प्रणाली
निरपेक्ष बहुमतीय प्रणाली अनुसार कुनै पनि निर्वाचन क्षेत्रमा निर्वाचन हुदा मतदान भएको कुल बैध मत मध्ये बाट कमसे कम पचास प्रतिसत र थप एक मत प्राप्त गर्ने उम्मेदवार मात्र विजय हुने प्रणालीलाई निरपेक्ष बहुमत प्रणाली भन्ने गरिन्छ । निरपेक्ष बहुमतीय निर्वाचन प्रणाली अनुसार कुल मत मध्येकोवैध मतमा उम्मेदवारले जित्नको लागि कम्तिमा पचास प्रतिसत र थप एक मत पनि बढी पाउन अनिर्वाय हुन्छ । यदी त्यस प्रकारको अवस्था नभएको खण्डमा वा पचास प्रतिसत र थप एक मत पनि बढी कुनै उम्मेदवारले प्राप्त नगरेको खण्डमा मतदान वा निर्वाचन नै नतिजा बिहिन हुन जान्छ र पुन अर्को निर्वाचन गर्नु पर्ने हुन्छ ।
३. अधिक्तम बहुमत प्रणाली
अधिक्तम बहुमतीय प्रणाली त्यति व्यवाहारीक प्रचलनमा नरहेको निर्वाचन प्रणाली हो । तै पनि अधिक्तम बहुमत प्रणालीको महत्व निर्वाचन र प्रतिनीधित्वको क्षेत्रमा ज्यादै रहेको पाईन्छ । यस अधिक्तम बहुमत प्रणाली अनुसारको कानुनले निर्धारण गरेको मत वा बहुमत प्राप्त गर्ने उम्मेदवार वा प्रतिनीधिले मात्र निर्वाचित हुन पाउने व्यवस्था रहेको हुन्छ । यस्तो बहुमत सापेक्ष बहुमत भन्दा बढी हुनु पर्छ । अधिक्तम बहुमतीय प्रणालीको आधारमा गरिएको निर्वाचनमा बहुमत प्राप्तभएको कुल मतमा कमसेकम साठी प्रतिसत वा दुई तिहाइ वा पचहत्तर प्रतिसत मत प्राप्त गनुपर्ने हुन्छ । नेपालमा पञ्चायत कालमा नेपालको संबिधान २०१९ मा तेस्रो संसोधन व्यवस्था गरे अनुसार प्रधानमन्त्रि ,राष्ट्रिय पञ्चायतको अध्यक्ष ,उपाअध्यक्ष पदको नियुतिको लागि यसै मतदान प्रणाली सिदान्त अवलम्वन गरिएको थियो ।
४. समानुपातिक प्रतिनीधित्व प्रणाली
बहुमत निर्वाचन प्रणालीमा रहेको दोसहरु वा अभावहरुको कारणले बिकल्पको रुपमा आईरहेको निर्वाचन प्रणालीको रुपमा समानुपातिक प्रतिनीधित्व प्रणाली रहेको वा बिकास भएको देखिन्छ । बहुमत निर्वाचन प्रणाली नतिजा बिहिन निर्वाचन प्रणालीमा अल्पमतले बहुमत प्रतिनीधित्व गर्ने हुदा यो पद्धतिको सुत्रपात भएको देखिन्छ । सबै निर्वाचन प्रणालीमा रहेको दोसहरु हटाई दोष रहित निर्वाचन प्रणाली कार्यन्वयन गर्ने सन्दर्भमा १९ औ शताब्दिमा यस समानुपातिक निर्वाचन प्रणाली युरोपेलि देशबाट सुरुभएको हो ।
यस प्रणाली अनुसार गरीएको निर्वाचनमा उम्मेदवार निर्वाचित घोषणा गरिदा मतदाताले गरेको मतदान संख्या र निर्वाचन गर्नुपर्ने स्थानको अनुपात मिलाईन्छ । यसमा देश भरिकै सम्पुर्ण मतदानलाई एकै किसिम बाट वा एउटा निर्वाचन क्षेत्र जस्तो गरी स्थापना गरिने गरिन्छ । यस बाट ठुला वा साना दुबै पार्टीका समानुपातिक तबरले संसदमा प्रतिनिधित्व हुने सम्भावना रहन्छ ।
निष्कर्शमा भन्नुपर्दा कुनै पनि निर्वाचन दोस रहित हुदैन यसका आ आफनै मौलिक बिषेशता हुन्छन् सकारात्मक र नकारात्मक बिषेशता हुन्छन् । हाम्रो मुलुकले पनि केहि मात्रामा सुधारीएको व्यवस्थाको रुपमा प्रत्यक्ष र अप्रत्यक्ष निर्वाचन प्रणाली लागुगरेको छ ।
(लेखक सन्तोष बराल महेन्द्र बहुमुखी क्याम्पस धरान एलएल बि कानुन संकायमा निर्वाचन कानुन को विद्यार्थी हुनु हुन्छ । माथि उल्लेखित बिचार निजका ब्यतिगत बिचार हुन ब्यतिगत आबद्धता रहेका संस्था र निकायहरु संग यस लेखको कुनै सम्बन्ध रहेको छैन । )







