झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) झापाले मूल्यबृद्धि बिरुद्ध झापाको बिर्तामोडमा हस्ताक्षर अभियान शुरु गरेको छ ।
अनेरास्ववियु झापाले आइतवार बिर्तामोडस्थित मुक्तिचौकमा निरन्तर अस्वभाविक मूल्यबृद्धि विरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको जिल्ला कमिटी अध्यक्ष रोशन लामाले बताए । अभियानअन्तर्गत अाज पहिलाे दिन १ हजार भन्दा बढीले हस्ताक्षर गरेको उनले जानकारी दिए। संगठनले मुल्य वृद्धि फिर्ता लिन दबाबपुलक विभिन्न रचनात्मक आन्दोलन गर्दै आएको छ ।
सोही कार्यक्रमकाबीच अनेरास्ववियू झापाले कोरोना महामारीलाई मध्येनजर गर्दै मास्क वितरण कार्यक्रमसमेत गरेको थियो । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सचिव मनोज ताम्ली पार्टी जिल्ला सदस्य टिका मङ्राती समेतको उपस्थिति रहेको थियो ।
Advertisement







