• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कांग्रेस झापामा नवीन नै किन ?


  •    संवाददाता/ बुधबार, मङि्सर ०८, २०७८  

  • झापा । राजनीतिमा युवा – वर्तमानको खाँचो । जोश, जाँगर एवम् रचनात्मक सोचका साथ हरदम केही नयाँ र केही फरक काम गरौं भन्ने हुट्हुटी । समाज र राष्ट्रहितका लागि निरन्तर पहल ग‍र्न उद्यत युवा वर्ग नै वस्तुतः राजनीतिका अभियन्ता बन्नुपर्ने समयको माग । र, आजका दिनमा युवा वर्ग नै नेपाली राजनीतिका विश्वस्त अभियन्ता बन्न सक्छन् ।

    यही समयसन्दर्भमा सुदूर पूर्वी झापा जिल्लामा पनि युवाहरूको राजनीतिमा सहभागिता बढ्दै गएको पाइँदैछ । र, युवा पंक्तिको त्यही समूहमा राजनीतिको सिँढी चढ्दै गरेका एक जागरुक एवम सक्रिय युवा नवीन विमली यतिबेला आफ्नो जबर्जस्त उपस्थिति दर्ज गर्दैछन् ।
    २०५७ सालमा १८ वर्षको उमेरमा मेची बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघको इकाई सदस्य भएर विद्यार्थी राजनीतिमा पाइला टेकेका नवीन त्यसपछि सहसचिव, सचिव, सभापति हुँदै क्षेत्रीय सचिव र सभापति, झापा जिल्ला सचिव र ५ वर्ष जिल्ला सभापति रहेर निरन्तर नेतृत्व क्षमतामा आफूलाई काबिल सावित गरिसकेका छन् ।                                                        ‎
    त्यसयता २०६२÷’६३ को लोकतान्त्रिक आन्दोलनमा होमिएका उनी कैयौं पटक थुनामा पनि परे । जस्तोसुकै असहज परिस्थितिमा पनि निडर भएर राजनीतिक मोर्चामा डट्नु उनको हक्की स्वभावको परिचय बनेको छ । आजसम्मको त्यही निरन्तरता, सहभागिता र संघर्षले उनको छवि निर्माण गरेको छ । राजनीतिक संघर्षबाट पछि नहट्ने र त्यसलाई परिमाणमुखी बनाउन लागिपर्ने उनको हक्की स्वभावले जिल्लाको कांग्रेस राजनीतिमा उनीलाई फरक पहिचान दिंदै परिचित गराइरहेको छ ।
    यही मंसीर ६ गते सम्पन्न नेकांको महाधिवेशन प्रतिनिधि समेतमा निर्वाचित नवीन भन्छन्– ‘मेरो अबको लक्ष्य भनेको पार्टीको जिल्ला सचिवमा उम्मेदवार बन्ने हो ।’
    आजसम्मको राजनीतिक यात्रामा आफ्ना कुरा सोझो, दृढता र परिपक्व किसिमले राख्ने उनी राजनीतिमा अक्सर देखिने लप्पनछप्पन, चाकडी–चुक्ली र अर्काको बद्ख्वाइँ गरेर आफू मपाईं बन्न खोज्ने शैली विरुद्ध छ । उनले आफू अहिलेसम्म आफ्नै बलबुतामा संघर्षमा होमिएरै यहाँसम्मको राजनीतिक यात्रा तय गरेका छन् ।
    अबका दिनमा आफ्नो लक्ष्य महामानव राजनेता कांग्रेसका संस्थापक बीपी कोइरालाको राजनीतिक दर्शनलाई मूलमन्त्र मानेर व्यावहारिक राजनीतिमा जोडिने रहेको बताउने युवा राजनीतिकर्मी नवीन ‘पार्टीमा पुरानो पुस्ताको योगदान र अनुभवलाई मार्गदर्शन मानेर नयाँ पुस्तालाई राजनीतिमा युगसापेक्ष रूपान्तरणमा दत्तचित्त हुने सोचमा आफू रहेको’ बताउँछन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
    रास्वपाका केन्द्रीय सदस्य चुन्न आज मतदान, निर्धारित समयमा सुरु हुने सम्भावना कम
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.