काठमाडौं । सातौँ संविधान दिवसका अवसरमा आइतबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा समारोह आयोजना गरिएको हो । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुन भने समारोहमा अनुपस्थित रहे ।
Advertisement
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । रंगीचंगी बेलुन र शान्तिका प्रतीक परेवा उडाइएको थियो ।







