• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शैक्षिक नीति तर्जुमाका लागि सरकारले गृहकार्य गर्नुपर्ने शिक्षाविद्को आग्रह


  •    संवाददाता/ बुधबार, जेठ १२, २०७८  

  • झापा । कोभिड–१९ को महामारीबीच शिक्षा क्षेत्रका विज्ञ र सरोकारवाला पक्षलाई नयाँ शैक्षिक सत्रको सञ्चालन गर्न, परीक्षा सञ्चालन गर्न, नतिजा प्रकाशन र शैक्षिक नीति तर्जुमाका लागि सरकारले गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन् ।

    राष्ट्रिय युवा परिषद्, शिक्षा अधिकार अनुगमन समूह र बाल अधिकार राष्ट्रिय सञ्जाल (एनएसीजी) नेपालसँगको समन्वयमा भर्चुअलरुपमा आयोजित छलफल राष्ट्रिय परामर्श कार्यक्रममा जनताको सीप र क्षमताका आधारित वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरताका लागि शिक्षकले भूमिका निर्वाह गर्नुपर्ने र तिनै तहका सरकारले नीतिगत संयोजन गर्नुपर्ने बताइएको हो ।

    Advertisement

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुरक्षाको मापदण्डलाइ बढी प्राथमिता दिँदै वैकल्पिक माध्यमबाट सिकाइ दिनुपर्ने तर अहिले नै नयाँ शैक्षिकसत्र शुरु गर्न हतार गर्न नहुने बताए ।

    Advertisement

    शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पढाउने भन्दा सिकाउने कुरामा जोड दिन र आधूनिकीसँगै परम्परागत प्रविधिलाई पनि उपयोग गर्न सुझाव दिए ।

    शिक्षाविद् डा.सुमनकोमल लुलाधरले महामारीले शिक्षाको परम्परागत प्रणालीमाथि नै पुनः विचार गर्न बाध्य तुल्याइदिएकाले त्यसअनुसार चल्नुपर्ने बताए । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले नयाँ शैक्षिक सत्रलाई आगामी असारबाट नभई भदौबाट शुरु गर्न सुझाव दिए ।

    बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष नरेन्द्र डङ्गोल बालबालिकाको जीवन रक्षाका साथै पढ्न पाउने अधिकारको सम्मान हुनुपर्नेमा जोड दिए ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का महासचिव कुमार घिमिरेले विद्यार्थीको मूल्याङ्कन प्रणालीमा परिवर्तन गर्न आग्रह गरे । अनुगमन समितिका संयोजक शन्तराम डङ्गोलले प्राप्त सुझावलाई समेटेर शिक्षा मन्त्रालयलाई प्रतिवेदन दिइने जनाए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    त्रिविले अध्ययन बिदा पछि नफर्किएका कर्मचारीबाट असुल्यो १६ करोड
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.