झापा । झापामा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ५ बजे लागूऔषधसहित झापा गौरीगञ्ज गाउँपालिका २ लालमाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र २४ बर्षीय कमल दाहाल रहेका छन् ।
Advertisement
उनीहरुले तरकारी बोकेको झोलाभित्र लुकाएको लागूऔषध ल्याबोरेट कोहीनफस्पेट ट्याब्लेटसहित फेला परेका हुन्। पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भईरहेको जनाइएको छ ।







