• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

घर बाहिर ननिस्कन बालबालिकलाई चिकित्सकको सुझाव


  •    संवाददाता/ सोमबार, जेठ १०, २०७८  

  • झापा । कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढिरहेकाले घरबाट ननिस्कन बालबालिकलाई चिकित्सकले सुझाव दिएका छन् ।

    बाल रोग विशेषज्ञ डा. प्रमोदकुमार रोयले बालबालिकाका लागि खोप पनि नबनेको प्रसंग उल्लेख गर्दै उनीहरु अत्यन्त जोखिम समूहमा रहेकाले घरबाट ननिस्कन सुझाएका हुन् ।

    Advertisement

    ‘कोरोना महामारीः बालबालिकाको स्वास्थ्यमा प्रभाव, सुरक्षा र सावधानीका उपाय’ विषयमा भएको भर्चुअल छलफलमा डा. रोयले घरमा बस्नु नै संक्रमणबाट जोगिने उत्तम उपाय भएको बताए । संवाद समूह झापाले संयोजन गरेको छलफलमा झापासहित खोटाङ, मोरङ, सुनसरी जिल्लाका बाल सञ्जालका प्रतिनिधि, सञ्चारकर्मी, राजनीतिक दलका महिला नेतृहरुको सहभागिता थियो ।

    Advertisement

    भद्रपुर, बिर्तामोड, गौरादह, हल्दिवारी, कन्काई लगायतका क्षेत्रबाट सहभागी बालबालिकाले चिकित्सकलाई महामारीबाट बच्ने उपायका सन्दर्भमा विभिन्न जिज्ञासा राखेका थिए । डा. रोयले घरमा बस्दा बालबालिकालाई सेनिटाइजर प्रयोग नगर्न सुझाव दिएका छन् । बालबालिकाको छाला पूर्ण रुपमा विकास भइनसकेको हुनाले सेनिटाइजरले अरु समस्या उत्पन्न गर्ने उनको भनाइ छ । उनले सेनिटाइजरको सट्टा साबुनपानीले हात धुनु सबैभन्दा राम्रो हुने बताए ।

    प्रोटिनयुक्त पोषिलो खानेकुरामा पनि विशेष ध्यान दिन बालबालिका तथा अभिभावकलाई आग्रह गरेका छन् । संक्रमण नियन्त्रणका लागि सरकारले जारी राखेको निषेधाज्ञाको अवधिमा कुनै पनि वहानामा बाहिर हिँड्डुल गर्न तथा छिमेकीकोमा समेत नजान डा। रोयले सल्लाह दिएका छन् । उनी बिर्तामोडस्थित अञ्जली हस्पिटलका बाल रोग विशेषज्ञ हुन् ।
    छलफलमा भीमा शिवाकोटी, सावित्रा दाहाल, इन्दू पूर्वेली, कञ्चना ढकाल, कविता बास्तोला, उर्मिला पोखरेल, रञ्जु प्याकुरेल, निता घतानी, सुष्मा राजवंशी, सार्थक निरौला, पार्वता विमली खरेल, शेखर प्रसाईं लगायतले समेत विभिन्न जिज्ञासा राखेका थिए । संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेल र बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले छलफलको सहजीकरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    त्रिविले अध्ययन बिदा पछि नफर्किएका कर्मचारीबाट असुल्यो १६ करोड
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.