काठमाण्डौ । जनता समाजवादी पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको संरक्षणका लागि ढिलो नगरि वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् ।
भट्टराईले ट्वीट गर्दै बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याएर भए पनि संसद, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।
डा. भट्टराईले लेखेका छन् ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न हो जे गरेर रक्षा हुन्छ त्यही गरौँ । सबैले आवश्यक त्याग बलिदान गरौँ । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊँ आजै गरौँ, अहिल्यै गरौँ वीपी पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधानलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ ।’
Advertisement







