काठमाडौं । अफ्रिका कोरोनाविरूद्धको विश्वव्यापी खोप अभियानको ‘किनारमा’ रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू उदृत गर्दै डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई ‘अपर्याप्त आपूर्ति, आर्थिक सहयोग र योग्य कर्मचारीको अभाव’ का कारण सिर्जित परिणाम भनेका छन् ।
‘भर्चुअल’ माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले विशेष गरी कोभ्याक्स विश्वव्यापी खोप बाँडफाँड सुविधा अन्तर्गत भारतबाट भ्याक्सिनको निर्यात सुस्त भएको जानकारी गराए।
डब्ल्यूएचओ अफ्रिकाको पछिल्लो तथ्याङ्कअनुसार महामारीबाट अफ्रिका सबैभन्दा कम प्रभावित भएको छ । संयुक्त राष्ट्रसंघ बाल कोष यूनिसेफको पूर्वी र दक्षिणी अफ्रिका क्षेत्रका प्रमुख मोहम्मद मलिक फालले ‘रेफ्रिजरेसन आवश्यकता अनुसार गाडीको उपलब्धतामा समस्याका साथै अन्य व्यवस्थापकीय समस्याका कारण पनि अफ्रिकामा खोप अभियान ढिलो भएको हो । उनले भने, यी समस्याहरूले गर्दा अभियान नै समस्यामा परेको छ ।ु
यद्यपि कोभ्याक्स कार्यक्रममार्फत खोपहरू अब ‘सबै अफ्रिकी देशहरुमा आइपुगेको र सुधार क्षमता र वितरण क्षमताको लागि अपील गरिएको फालले बताए ।
उज्यालो







