• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप


  •    संवाददाता/ बुधबार, असोज १४, २०८३  

  • जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत झापामा दुई लाख ७० हजार २४६ जनालाई खोप लगाइएको छ । यो लक्ष्यको ५४ प्रतिशत रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार जिल्लाका १५ पालिकामध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ४० हजार ३१३ जनालाई खोप लगाइसकिएको छ ।

    Advertisement

    स्थानीय स्वास्थ्य चौकी र सार्वजनिकस्थलमा दक्ष स्वास्थ्यकर्मीद्वारा खोप लगाइरहेको उनले बताए । यही असोज ५ गते मेचीनगर नगरपालिकाबाट सुरु गरिएको खोप अभियानमा ३० वर्षभन्दा माथिका नागरिक सहभागी छन् ।

    Advertisement

    खोप अभियानमा नगरपालिकाअन्तर्गत अर्जुनधारामा १८ हजार २९, कनकाईमा १७ हजार ९२८, शिवसताक्षीमा २० हजार ७६९, दमकमा ३५ हजार ६०५, गौरादहमा १९ हजार ६३६, विर्तामोडमा २८ हजार ६८०, भद्रपुर नगरपालिकामा १० हजार २०५ जनालाई खोप लगाइसकिएको उनले जानकारी दिए ।

    त्यसैगरी गाउँपालिकाअन्तर्गत कमल, झापा, गौरीगञ्ज, बाह्रदशी, हल्दिबारी, कचनकवल र बुद्धशान्तिमा पनि जईविरुद्धको खोप लगाइएको छ । जिल्लामा चालु आवमा १३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख दासले जानकारी दिए । तीमध्ये सात जनाको मृत्यु भएको छ ।

    कोशी प्रदेशमा झापाबाट खोप अभियानको सुरुवात गरिएको छ । जिल्लामा पाँच लाख ७० हजार खोप लगाउने लक्ष्य रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.