• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकामा नयाँ भेरियन्ट संक्रमणको आशंका


  •    संवाददाता/ बिहिबार, चैत २६, २०७७  

  • काठमाडौं । विद्यालय जाने उमेरका बालबालिकाहरुमा समेत कोभिड–१९ को यूके भेरियण्ट बी.१.१.७ सँग मिल्दोजुल्दो संक्रमण देखिएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका प्रमुख डा. कृष्ण पौडेलका अनुसार बालबालिका र ५० वर्षभन्दा कम उमेरका मानिसहरुमा देखिएको संक्रमण यूके भेरियण्ट बी.१.१.७ सँग मिल्दोजुल्दो पाइएको हो । यद्यपि यसलाई प्रमाणित गर्न गर्नुपर्ने जिन सिक्विनिङ नेपालमा हुँदैन ।

    Advertisement

    पौडेलका अनुसार पछिल्लो समय भेटिएका केही संक्रमितमा एस जिन देखिएकाले नयाँ भेरियन्ट हुनसक्ने आशंका गरिएको हो । ‘हामीसँग त्यति धेरै ठूलो तथ्यांक त छैन, तर हामीले गरेको स्याम्पलिङमा बालबालिकामा एस जिन देखिएको छैन,’ डाक्टर पौडेलले भने, ‘बालबालिकाहरुलाई संक्रमणबाट जोगाउन शिक्षण संस्थाहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न भनेका हौं ।’

    Advertisement

    नयाँ स्वरुपको भाइरसको नेपाल कनेक्सन

    अहिलेसम्म कोरोना भाइरसका तीन भेरियन्ट पाइएको छ, बेलायतमा बी.१.१.७, अफ्रिकामा बी.१.१३५ र ब्राजिलमा पी।१ । तीनै भेरियन्ट छिमेकी मुलुक भारतमा पनि भेटिएको छ । नेपालमा भने युके भेरियन्ट मात्र पुष्टि भएको छ ।

    १३ पुसमा बेलायतबाट यात्रा गरेर आएका ५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भयो । त्यो बेला बेलायतमा नयाँ भेरियन्टको बी.१.१.७ कोरोना भाइरस पुष्टि भएर लकडाउन थियो । अन्य युरोपियन देशहरुले पनि खतरा बढ्ने भन्दै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरेका थिए ।

    वन्तको तर्कसँग भाइरोलोजिस्ट समेत रहेका डा। समीरमणि दीक्षित सहमत छन् । उनी थप्छन्, ‘यो अन्य नयाँ भाइरस नभएर कोरोनाकै अर्को स्वरुप हो, त्यसैले धेरै अत्तालिनु पर्दैन ।’
    नेपालमा पनि नयाँ भेरियन्टको संक्रमण भित्रिएको आशंकामा ५ जनाको स्वाब संकलन गरेर जिन सिक्विनिङको लागि विश्व स्वास्थ्य संगठनको हङकङमा रहेको ल्याबमा पठाइयो । र, त्यसको रिपोर्टमा युके भेरियन्ट पुष्टि भएको थियो ।

    गत फागुनको पहिलो साता मुक्तिनाथ दर्शन गरेर फर्किएका एक व्यक्तिको परीक्षण गर्दा नयाँ प्रकारको कोरोना भाइरस देखिएको र सो व्यक्तिको कन्ट्याक ट्रेसिङमा रहेका १३ जनाको नमुना परीक्षण गर्दा उनीहरूमा पनि नयाँ भेरियण्टको भाइरस पुष्टि भएको थियो । उनी बेलायतबाट फर्किएका व्यक्तिको कन्ट्याक ट्रेसिङमा परेका थिए । तर जिन सिक्विनिङ नगरिएकाले यूके भेरियन्ट हो या अन्य नयाँ भेरियन्टको भाइरस हो भन्ने यकिन हुन सकेको थिएन ।

    पछिल्लो समय भेटिएको संक्रमणमा एस जिन नदेखिएकाले यूके भेरियण्टको हुनसक्ने डा। पौडेल बताउँछन् ।

    किन हुन सकेको छैन जिन सिक्विनिङ ?

    निजी क्षेत्रको ल्याबमा जिन सिक्विनिङ गर्दा निकै महँगो पर्ने भएकाले सरकारी ल्याबमै गर्ने व्यवस्था मिलाउन खोजिएको ईडीसीडीका प्रमुख डा. पौडेल बताउँछन् । उनका अनुसार जिन सिक्विनिङ गर्ने प्रविधि र किट छुट्टै चाहिनेछ । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मेसिन ल्याइएको छ, अब छिट्टै सरकारी ल्याबमै जिन सिक्विनिङ गर्न सकिन्छ,’ पौडेल भन्छन् ।

    प्रयोगशालासँगै त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी ल्याब, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को विज्ञ टिम पनि जिन सिक्विनिङका लागि जुटेको छ ।

    नयाँ भेरियण्टको अर्थ के ?

    नयाँ भेरियन्ट भेटिँदा सतर्क हुनुपर्ने भएपनि अत्तालिनु नपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । जनस्वास्थ्यविद् डा। शरद वन्त कोरोना भाइरसको नयाँ स्वरुप नेपालमै पनि विकास हुनसक्ने बताउँछन् । संक्रमण फैलिएको लामो समय भएपछि भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्न सक्ने उनको कथन छ ।

    वन्तको तर्कसँग भाइरोलोजिस्ट समेत रहेका डा. समीरमणि दीक्षित सहमत छन् । उनी थप्छन्, ‘यो अन्य नयाँ भाइरस नभएर कोरोनाकै अर्को स्वरुप हो, त्यसैले धेरै अत्तालिनु पर्दैन ।’

    उनका अनुसार कोरोना भाइरस फैलिएको लामो समय भएकाले नयाँ स्वरुपमा परिवर्तन हुनु सामान्य जस्तै हो । बेलायतमा देखिएकोभन्दा फरक किसिमको स्वरुपमा देखिए पनि अनौठो नहुने उनको भनाइ छ । भन्छन्, ‘भाइरसहरुले रुप परिवर्तन गर्‍यो भन्दैमा अत्तालिनु जरुरी छैन, तर सतर्क भने रहनुपर्छ ।’

    संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी पनि लामो समयसम्म महामारी फैलिएपछि भाइरसले संरचना परिवर्तन गर्नु सामान्य जस्तै रहेको बताउँछन् । उनी भन्छन्, ‘बेलायतमा देखिएकोभन्दा नयाँ स्वरुपको भाइरस पनि देखिनसक्छ, त्यसैले जिन सिक्विनिङ गर्न तत्काल आवश्यक छ ।’

    सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन पनि जुनसुकै भेरियन्टको भाइरस भएपनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नु अनिवार्य रहेको बताउँछन् । उनका अनुसार भाइरसबाट बच्न पालना गर्नुपर्ने नियम एउटै भएकाले मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । डाक्टर पुन भन्छन्, ‘खोपको सहज उपलब्धता नहुञ्जेलसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्नु संक्रमणबाट बच्ने अनिवार्य शर्त हो ।’

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    झापामा आजदेखि जेई विरुद्धको खोप अभियान
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.