झापामा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान आजबाट सुरु भएको छ ।
असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत झापाका १५ वटा पालिकाका ३० वर्ष माथिका ४ लाख ८५ हजार ५५ जनालाई जेई विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रृजकुमार दासले जानकारी दिए ।
झापा र कैलाली जिल्लामा जापानीज इन्सेफालाइटिसको रोग दर र मृत्युदर सबैभन्दा उच्च रहेका छ । त्यसैले यी जिल्लालाई उच्च प्राथमिकतामा राखी खोप अभियान सुरु भएको जनाइएको छ ।
Advertisement
जापानीज इन्सेफालाइटिसको रोगका कारण झापामा हालसम्म सात जनाको मृत्यु भएको छ । सन् २०२६ को जुनदेखि हालसम्म जिल्लामा जापानीज इन्सेफलाइटिसबाट १३ जना संक्रमित भएका छन् । उनीहरूमध्ये सात जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।







