• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भारतमा एकैदिन थपिए ७२ हजार बढी कोरोना संक्रमित


  •    संवाददाता/ बिहिबार, चैत १९, २०७७  

  • काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    हालसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    Advertisement

    पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्र ३९ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कर्नाटक छत्तीसगढमा पनि चार हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

    Advertisement

    भारतमा केही समययता कोरोना संक्रमण निरन्तर बढ्दो छ । संक्रमण नियन्त्रणका लागि महाराष्ट्रलगायत केही राज्यले सामाजिक गतिविधिमा कडाइ गर्ने नियम ल्याएका छन् । तर त्यसको प्रभाव खासै देखिएको छैन ।

    विशेषज्ञहरुले भारतमा मानिसहरुले कोरोना संक्रमण नियन्त्रणको आवश्यक मापदण्ड पालना नगरेको कारण अहिलेको अवस्था सिर्जना भएको बताएका छन् । त्यसका साथै चाडपर्व तथा स्थानीय निर्वाचनको भेलामा पनि कुनै रोक नलगाइएका कारण संक्रमण बढेको उनीहरुले दाबी गरेका छन् ।

    भारतले कोरोना संक्रमण नियन्त्रणका लागि भनेर खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतमा हालसम्म ६ करोड ५१ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । भारत सरकारले बिहीबारदेखि ४५ वर्षभन्दा माथिका नागरिकलाई पनि कोरोना खोप लगाउन थालेको छ ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.