• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

१० लाख डोज कोरोना खोप अप्रिल पहिलो साता आउने


  •    संवाददाता/ बिहिबार, चैत १२, २०७७  

  • काठमाडौं । भारत सरकारले कोरोना खोप विदेश निर्यात गरिसके पनि नेपालले खरिद गरेको थप १० लाख डोज खोपलाई भने असर नपर्ने भएको छ ।

    नेपालले भारतको सेरम इन्ष्टिच्युटलाई पैसा तिरिसकेको १० लाख डोज खोप ल्याउन बाँकी छ । उक्त खोप अप्रिल महिनाको पहिलो सातासम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताएका छन् । पछिल्लो छलफलमा सेरम इन्ष्टिच्युटले अप्रिलको पहिलो सातासम्म खोप पठाउने जानकारी दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

    Advertisement

    ‘हामीले खरिद गरेको खोप पठाउन ढिलो गरेपछि हामीले निरन्तर फलोअप गरेका थियौ’ स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने, ‘उनीहरुले खोप अप्रिलको पहिलो साताभित्रमा पठाउने बताएका छन् ।’

    Advertisement

    गत ५ फागुनमा नेपालले भारतको सेरम इन्ष्टिच्युटसँग प्रतिडोज ४ डलरको दरमा अग्रिम भुक्तानी गरी २० लाख डोज खोप खरिद सम्झौता गरेको थियो । त्यसमध्ये १० लाख डोज केही दिनमै नेपाल आइपुग्यो भने बाँकी १० डोज चैत ४ गतेसम्म पठाउने सहमति थियो ।

    तर सहमतिअनुसार चैत ४ मा खोप नआएपछि नेपालले खोप अभियान नै स्थगित गरेको छ ।

    भारतमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएकाले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । तर, नेपालले अगाडि नै रकम भुक्तानी गरिसकेकाले १० लाख डोज खोप आउने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

    चीन सरकारले दिएको सिनोफार्म कम्पनीको ८ लाख डोज खोप यही सोमबार नेपाल आइपुग्दैछ ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    मनसुनको समयमा कस्तो खानेकुरा खाने ?
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.