• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आज विश्व क्षयरोग दिवस मनाइँदै


  •    संवाददाता/ बुधबार, चैत ११, २०७७  

  • काठमाडौं । प्रत्येक वर्ष मार्च २४ तारिखलाई विश्व क्षयरोग दिवसको रुपमा मनाइन्छ । नेपालमा पनि आज ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

    नेपालमा अहिले एक लाख १७ हजार क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ । सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियान सञ्चालन गर्ने योजना बनाएको छ । स्थानीय तहहरुमा विभिन्न सूक्ष्म कार्यक्रम सञ्चालन गरी क्रमशः सबै पालिकालाई क्षयरोगमुक्त बनाउने केन्द्रको योजना छ । तर, सरकारको लक्ष्यविपरीत नेपालमा क्षयरोगीको संख्या भने वर्सेनि बढ्दै गएको देखिन्छ ।

    Advertisement

    आर्थिक वर्ष ०७६/०७७ मा मात्रै ६९ हजार नयाँ रोगी थपिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले देखाएको छ । त्यसैगरी, विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष निको हुन सक्ने अवस्थाका दुई हजार २०० नयाँ रोगी थपिने गरेका छन् । चालु आर्थिक वर्षमा निको हुन सक्ने तीन हजार ८४ जना बिरामी मात्रै उपचारको दायरामा आएका छन् । जुन कुल रोगीमध्ये १७ प्रतिशत मात्रै हो । बाँकी ८३ प्रतिशतलाई उपचारको दायरामा ल्याउनु अहिलेको प्रमुख चुनौती रहेको केन्द्रले जनाएको छ । समुदायस्तरमा क्षयरोगीको पहिचान सरकारको लागि अर्को चुनौती बनेको छ ।

    Advertisement

    राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सूक्ष्म योजना तर्जुमा गरी स्थानीय तहहरुलाई क्षयरोगमुक्त घोषणा गर्ने अभियान सञ्चालन गर्ने भएको हो । नेपालमा वर्सेनि क्षयरोगका २७ हजार ७४५ जना नयाँ बिरामी देखिने गरेको केन्द्रले जनाएको छ । ४१ हजार रोगी भने अझै पनि उपचारको दायरामा नआएको केन्द्रको तथ्यांक छ ।

    बजेट छ, जनशक्ति छैन

    चालु आर्थिक वर्षमा क्षयरोग नियन्त्रणका विभिन्न कार्यक्रमको लागि सरकारले ८० करोड रुपैयाँ विनियोजन गरेको थियो । केन्द्रका निर्देशक डा। अनुज भट्टचनका अनुसार क्षयरोग नियन्त्रणका लागि बजेट अभाव छैन । जनशक्ति पनि पर्याप्त छैन । मुलुक संघीय संरचनामा गएसँगै जिल्ला र पालिकास्तरमा क्षयरोगका लागि फोकल पर्सन छैनन् । जनशक्तिको अभावमा पछिल्लो वर्ष क्षयरोगीको उपचार र औषधि वितरण कार्यक्रमसमेत प्रभावित भएको डा। भट्टचन बताउँछन् ।

    औषधि व्यवस्थापन र वितरणमा बजेट र जनशक्ति धेरै खर्च हुन्छ । तर, जनशक्तिको अभावमा अहिले लक्ष्यानुरुपको काम गर्न सकिएको छैन । यसले क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियानमा चुनौती थपेको छ ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.