• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जन्मदिनमा पत्रकार गौतमद्वारा शिक्षण शुल्कसहित शैक्षिक सामग्री सहयोग


  •    संवाददाता/ मङ्गलबार, भदौ ०९, २०८३  

  • जन्मदिनका अवसरमा हुने तडकभडक र फजुल खर्चलाई निरुत्साहित गर्दै हाम्रो नेपाल संस्था साकोसका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमले जेहेनदार छात्राको शिक्षामा सहयोग गरेका छन् ।

    पत्रकार समेत रहेका गौतमले आफ्नो जन्मदिनको अवसरमा लक्ष्मी क्याम्पस बनियानीमा बीबीएस प्रथम वर्षमा अध्ययनरत मोनिका राजवंशीलाई मंगलबार पाँच महिनाको शिक्षण शुल्कसहित आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

    Advertisement

    जन्मदिन मनाउने नाममा होटल तथा रेस्टुरेन्टमा ठूलो रकम खर्च गर्ने प्रवृत्ति बढिरहेका बेला त्यसको सट्टा विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले आफूले यस्तो कार्यक्रम गरेको गौतमले बताए ।

    Advertisement

    ‘होटल तथा रेस्टुरेन्टमा गएर फजुल खर्च गर्नुभन्दा विद्यार्थीको शिक्षामा सहयोग गर्दा वास्तविक आत्म सन्तुष्टि मिल्छ,’ गौतमले भने, ‘व्यक्तिगत रूपमा समाज र शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश जाओस् र एउटा विद्यार्थीको अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले यो विकल्प रोजेको हुँ ।’

    भोजपुरको अरुण गाउँपालिकामा जन्मिएका गौतम विगत तीन दशकदेखि पत्रकारितामा समेत क्रियाशील छन् । उनी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत हुन् । सहकारी क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका गौतमले व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विद्यार्थीको शिक्षामा सहयोग गरेका हुन् ।

    उक्त अवसरमा हाम्रो नेपाल साकोस बनियानी सेवा केन्द्र सञ्चालन उपसमितिका संयोजक शुक्रराज लिम्बु ‘किरण’ले संस्थाको नेतृत्वमा रहेका व्यक्तिले व्यक्तिगत तवरबाट समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नु उदाहरणीय भएको बताएका थिए ।

    त्यस्तै क्याम्पस प्रमुख मोतीलाल राजवंशीले विद्यार्थीको उज्ज्वल भविष्यका लागि गरिएको सहयोगले शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रसुवा बाढी: ६२४ विदेशी नागरिक बेपत्ता, भारतका सबैभन्दा धेरै
    भोटेकोशी बाढी अपडेट: बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटियो
    बाढीपीडितको उद्धार र राहतमा देश-विदेशबाट जुट्न थाल्यो सहयोग
    ताजा अपडेट
    • रसुवा बाढी: ६२४ विदेशी नागरिक बेपत्ता, भारतका सबैभन्दा धेरै
    • भोटेकोशी बाढी अपडेट: बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटियो
    • बाढीपीडितको उद्धार र राहतमा देश-विदेशबाट जुट्न थाल्यो सहयोग
    • भोटेकोशी बाढी: ९५ जनाको शव भेटियो, २८ जना प्रहरी सम्पर्कबिहीन
    • पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम समुदायलाई सार्वजनिक बिदा
    • जन्मदिनमा पत्रकार गौतमद्वारा शिक्षण शुल्कसहित शैक्षिक सामग्री सहयोग
    • फ्रान्सले विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने
    • नेपाल उद्यमशील महिला संघ झापाको अध्यक्षमा पाण्डे, पत्रकार गौतम र शिवाकोटी सम्मानीत
    • डायपर प्रयोग सही रुपमा नहुँदा हुन सक्छ पिसाब संक्रमण
    • सीप र रोजगारी सुनिश्चित गर्ने नीति बनाउन सरकारसँग माग

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.