नेपाल उद्यमशील महिला संघ झापाको नवौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट ऐश्वर्या पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
बिर्तामोडमा आज भएको पाँचौ अधिवेशनबाट पाण्डेको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा यशोदा प्रसाईं भट्टराई, प्रथम उपाध्यक्षमा विना थापा घिमिरे, द्वितीय उपाध्यक्षमा उमा प्रसाईं, महासचिवमा चन्द्रकला रिजाल, सह-सचिवमा अस्मिता राई कुरुङवाङ र कोषाध्यक्षमा देवीका खनाल सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा संगीता चिमरिया, विमला भट्टराई, निर्मला खरेल ओडारी, सरिता थपलिया, रागिनी श्रीवास्तव, टिका मैनाली, दुर्गादेवी खरेल, हेमा भण्डारी, नूरा दाहाल र सुमित्रा अधिकारी सर्वसम्मत चयन भएका छन् ।
साधारणसभा तथा अधिवेशनका अवसरमा एक जना सञ्चारकर्मीसहित उत्कृष्ट महिला उद्यमी सम्मानित भएका छन् । उत्कृष्ट सञ्चारकर्मीका रूपमा रेजिना गौतम र उत्कृष्ट महिला उद्यमीका रूपमा भीमा शिवाकोटी सम्मानित भएका हुन् ।
संघकी अध्यक्ष पार्वता खरेल बिमलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।
नौ वर्षअघि १० जना महिला उद्यमीले सुरु गरेको संघमा हाल ८० जना सदस्य रहेको संघकी अध्यक्ष बिमलीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष खरेलले संघले गरेको बिभिन्न कार्यक्रमका विषयमा जानकारी गराउँदै भावी योजनाहरुका बारेमा पनि जानकारी गराएकी थिइन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, चेम्बर्स अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, संघकी संस्थापक महासचिव सावित्रा दाहाल, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, एबीसी नेपालकी केन्द्रीय सदस्य कन्चना सिटौला, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, सम्मानित व्यक्तित्वहरू रेजिना गौतम र भीमा शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघकी वरिष्ठ उपाध्यक्ष ऐश्वर्या पाण्डेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव बिना थापा घिमिरेले गरेकी थिइन् ।







