• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ


  •    संवाददाता/ शनिबार, असार २७, २०८३  

  • हामीमध्ये अधिकांशले शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्दैनौँ । डाक्टर प्रवेश हमालका अनुसार शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुक्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन । पानीको कमीले स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन, जसले गर्दा एकाग्रता कायम राख्न सकिँदैन ।

    शरीरमा पानी पुगे-नपुगेको हामीले तिर्खा र पिसाबको रङबाट थाहा पाउन सक्छौँ । तिर्खा लागेन र पिसाबको रङ सफा भयो भने हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नुपर्छ ।

    Advertisement

    सही तरिकाले पानी नपिउने कुनै पनि मानिसले चाहे जतिसुकै स्वस्थकर खाना खाए पनि त्यसको फाइदा शरीरलाई हुँदैन। जसका कारण भविष्यमा मानिसले स्वास्थ्यसम्बन्धी अनेकौँ समस्याहरू भोग्नुपर्ने हुन्छ, जस्तै अपच, कब्जियत, ग्यास्ट्रिक, कलेजोसम्बन्धी समस्या, आलस्य, मिर्गौला (किड्नी) को पत्थरी, रोग प्रतिरोधात्मक क्षमतामा कमी, समय-समयमा बिरामी हुनु, दाद, छालाको एलर्जी, मुखमा दागधब्बा, शरीर बारम्बार चिलाउनु र टाउको दुख्नु ।

    Advertisement

    हाम्रो शरीरमा ७२ प्रतिशत पानी हुने गर्छ । त्यसकारण हामीले पिउने पानीले हाम्रो शरीरमा रहेका मिर्गौला, कलेजो, फोक्सो, पाचन प्रक्रिया र शरीरका सबै अङ्गलाई सही तरिकाले काम गर्न अर्थात् हाम्रो शरीरमा रहेका कोषहरूलाई जीवित राख्न मद्दत गर्दछ ।

    शरीरमा पानीको अभाव भए/नभएको यसरी थाहा पाउन सकिन्छ:

    पिसाबको रङ: सफा वा हल्का पहेँलो पिसाब आउनु शरीरमा पानी पुगेको सङ्केत हो । यदि पिसाब गाढा पहेँलो रङको आउँछ भने शरीरलाई पानीको अभाव छ ।

    मुख तथा घाँटी सुक्नु: पर्याप्त पानी नपाउँदा मुख र घाँटीमा सुक्खापन हुन्छ । बारम्बार प्यास लाग्नु यसको मुख्य लक्षण हो ।

    छालाको परीक्षण: हातको छालालाई केही सेकेन्ड तानेर छोड्दा छाला तुरुन्तै आफ्नो पुरानो अवस्थामा नफर्किएमा शरीरमा पानीको कमी छ भनेर बुझ्नुपर्छ ।

    टाउको दुख्नु र चक्कर आउनु: मस्तिष्कसम्म पुग्ने तरल पदार्थ कम हुँदा टाउको भारी हुने वा रिँंगटा लाग्ने हुन्छ ।

    कब्जियत र पाचनमा गडबड: पानी कम हुँदा पाचन प्रक्रिया कमजोर हुन्छ र कब्जियतको समस्या देखा पर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    मनसुनको समयमा कस्तो खानेकुरा खाने ?
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.