• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पैसाले सुख किन्न सकिएला तर खुसी किन्न सकिँदैन


  •    संवाददाता/ सोमबार, चैत ०९, २०७७  

  •  

    जिन्दगी सबैको हुन्छ । फरक यत्ति हो कसैको छोटो अनि कसैको लामो । जीन्दगी आफूले चाहेजस्तो अनि सोचेजस्तो पनि हुँदैन । तर मनले सोचेजस्तो र चाहेजस्तो बनाउने कोशिस गर्नु चाहिँ सफल जीन्दगी हो सायद ।

    Advertisement

    जब मान्छे उमेरसँगै व्यवहारिक हुँदै जान्छ । जीवन के हो ? भनेर बिस्तारै बुझ्दै जान्छ तब उसलाई धेरै कुराको अभाव महशुस हँुदोरहेछ । अनि लाग्छ कि जीवनमा सबैभन्दा ठूलो कुरा पैसामात्र हो । पैसा छ त सबथोक छ । यही पैसाको लागि कतिपय मान्छेले समाजमा गैर कानूनी काम गर्छन् । केही समयको लागि ऐस आराममा बसे पनि गलत बाटोबाट कमाएको पैसाले पछि आफैंलाई पोल्नेछ भन्ने कुरालाई मान्छेले बिर्सन्छन् ।

    Advertisement

    तर के पैसा नै सबथोक हो त रु पैसा भए सबै खुसी मिल्छ त रु अरुबाट प्राप्त नभएको खुसी पैसाबाट प्राप्त होला त रु यो एउटा जिज्ञासा सधैं मनमा आइरहन्छ । सोही विषयमा एउटा अनुभूति यस्तो पालेकी छु ।

    केही समय अगाडिको कुरा हो, किनमेलको लागि बजार जानेक्रममा एउटा अटोमा चढेँ । अटोमा म एक्लै थिएँ । अटो चालक मङ्गोलियन जातिका जस्ता देखिन्थे । हतार भएको कारण अटो चालकसँग बोल्नमा भन्दा कतिखेर बजार पुगौंला भन्नेतिर मात्रै मेरो ध्यान गयो ।

    अटो चालक हेर्दा पाको नै देखिन्थे । यो चाहिँ अटोबाट ओर्लिने बेलामा याद गरेँ । अटो कुदिरहेको थियो । ‘पैसा भएर पनि के गर्नु’ भन्ने जिज्ञासा एक्कासी उनले निकाले । जवाफमा किन र बुवा भनी मैले सोधेँ । नानी उ त्यो पछाडिको बहिनी देख्यौ तिमीले । देखिन त १ किन र रु भनिसक्दा सायद उनी मलाई त्यो महिलालाई देखाउन चाहन्थे, त्यसैले उनले अटोको स्पिड घटाए ।

    उनको उत्सुकतालाई देखेर मलाई पनि के रहेछ भनेर सुनौं झैं लाग्यो । अनि उनले बहिनी भनेको मान्छेलाई हेर्न मन लाग्यो । बाटुलो अनुहार, छाला गोरो भन्न मिल्दैन, कालो पनि होइन, सायद गहुँ जस्तो गोरो । नाकमा सानो अनि पहेलो फूली । केस पूरै खौरिएर भख्खर पलाएको जस्तो अलि अलि कर्ली परेको ।

    अग्ली अनि लुती, त्यसमाथि रातो अर्धनो लामो कुर्था लगाएकी, कानमा केही थिएन । फाट्न लागेको सामान्य लोती भएको चप्पल लगाएर उनी हिंड्दै थिइन् । तर एक्लै होइन, उनलाई सहारा दिने मान्छे थिए । उनको हातलाई दह्रो समातिएको थियो । त्यो हातलाई समाएर सहारा दिने अर्की एक युवती थिइन् । चर्चा गरिएकी भन्दा सानी युवतीले समाएकी थिइन् ।

    त्यस्तो देखेपछि मैले उनको बारेमा नसोधि बस्नै सकिन । यिनको सम्पत्ति थोरै छ र नानी १ तर हेर त उनको हालत । त्यसैले त पैसा केही होइन भनेको नि १

    तपाईं चिन्नु हुन्छ रु कसरी यस्तो भयो रु अनि उनलाई डोहोर्याउने उनकै छोरी होलान् नि होइन र रु मैले उत्सुकताका साथ सोधें ।
    अटो बिस्तारै कुदिरहेको थियो तिनै बहिनी भनिएकी सँगसँगै ।

    नानी मैले पहिला यिनकै घरमा भाडामा पसल गर्थें । एकछिनमा म यिनको घर पनि देखाइदिन्छु । पैसाको के दुख थियो र १ राम्री पनि कम्तिको हो रु धप्पकै बलेकी । ठ्याक्कै रानी जस्ती पो थिइन् त । उमेरमा को पो राम्रो हुँदैन र रु मैले मनमनै भनें ।

    त्यस्ती मान्छे अहिले यस्तो भयो । घर, गाडी, जग्गा, जमिन, नोकरचाकर सबै थिए । अहिले पनि अलिअलि त होला, तर पहिलाको हेरेर केही छैन । दशा लागेपछि सकिन र बिग्रन त कति लाग्दैन रहेछ नानी । उता हेरत उ त्यो होटल छ नि, त्यो होटेल भएको घर उताको बाटैसम्म जोडिन्छ । सबै उनीहरुकै हो । यताको साइड छ नि, हेर त नानी । त्यो बहिनीको सासू ससुराको हो ।

    उनको दिमागले काम गरेन । आफन्तले ठीक बनाउनको लागि पैसा खर्च नगरेका पनि होइनन् । धेरैतिर लगे जता लगेपनि उनलाई ठीक बनाउन सकेनन् ।

    अनि के कारणले यस्ती भइन् त मैले सोधें । यी बैनीले सानै उमेरमा विवाह गरिन् । केटो हेर्दा त राम्रा होइनन् तर सारै इमान्दार थिए । राम्रो किन पो चाहियो र रु मरेर जाने ज्यान । यिनलाइ भगाएर विवाह गरेको, सम्पत्ति टन्नमन्न, अपुग केही थिएन । एक अर्कालाई धेरै माया गर्थे । एउटा छोरो पनि छ । आनन्दले जीवन बिताइरहेका थिए ।

    यी बैनीका श्रीमान गाडी एक्सिडेन्ट भएर ठाउँको ठाउँ मरे । त्यो पनि आफ्नै गाडीबाट नानी । त्यो पीढा सहन सकिनन् कति धेरै समय त टोलाको टोलाई पो भइन् ।

    अहिले बेलुकाको समयमा एकछिन बाहिर घुमाउन निकाल्छे त्यो काम गर्नेले । निकै वर्ष पो भयो त, अहिले त मान्छे पनि बुढी भइन् । फेरि एउटा भएको छोरो पनि गँजडी भएछ । जन्मेपछि मर्नु यो त प्रकृतिको नियम नै हो नि । यसलाई सहज स्वीकार्नै पर्छ । यी बैनीले शोकलाई शक्तिमा बदल्न सकिनन् ।

    यति भन्दैगर्दा मैले टेम्पोबाट ओर्लिने बेला भएछ । अटोको भाडा दिएँ । राम्रोसँग जानु ल भन्दै म बजारतर्फ लागेँ । केही दिनसम्म त्यो कुरा दिमागमा आइरह्यो । त्यो दिदी के थरकी थिइन् होला है । मैले त्यो त सोध्नै भुलेँछु भन्ने लाग्यो ।

    त्यो दिदिले शोकलाई शक्तिमा बदल्न सकेको भए फेरि नयाँ जीवनको शुरुवात हुन्थ्यो होला । सबैथोक भएर पनि केही नभएको आभाष हुने थिएन होला । आफन्त भएर आफन्त बिहीन हुनुपर्ने थिएन होला । आखिर सम्पित्तीले के गर्यो । पैसाले सुख किन्न सकिएला । तर खुसी किन्न सकिँदैन भन्थे हो रहेछ भन्ने लाग्यो । वास्तबमा त्यो घटनाले सुख र खुसीको फरकलाई छर्लङ्ग पार्यो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    बिर्तामोडमा बिहिवार बिहान सम्म कर्फ्यु
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.