नवोदित कानुन व्यवसायीहरुका लागि मस्यौदा लेखन तालिम झापाको भद्रपुरमा सम्पन्न भएको छ ।
कानुनी ज्ञान केन्द्र झापाका अध्यक्ष अधिवक्ता तारामणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश शाहको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत र झापा बारका सहसचिव तथा झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
कानुनी ज्ञान केन्द्र झापाको आयोजनामा सञ्चालित एक दिवसीय तालिममा झापा जिल्ला अदालतका न्यायाधीश पारसमणी पोखरेल र अधिवक्ता बसन्त जोशीले प्रशिक्षण दिएका थिए ।
तालिममा २० जनाभन्दा बढी नवोदित कानुन व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन कानुनी ज्ञान केन्द्रका सचिव अधिवक्ता नरेश खातीले गरेका थिए ।







