२१ फागुनका लागि समानुपातिकतर्फ दुई करोड बढी मतपत्र छापिँदैछ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभरको मतदाताको संख्या एक करोड ८९ लाख रहेको छ । जम्मा मतदाताको संख्या भन्दा सात प्रतिशत बढी मतपत्र छाप्न लागिएको उनले जानकारी दिए ।
निर्वाचन चिन्ह प्रदान गरेसँगै आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए ।
Advertisement
उनका अनुसार मतदाता परिचयपत्र छपाइको काम समेत भइराखेको छ । आयोगको परिसरभित्रै मतदाता परिचयपत्र छपाइ जारी छ ।







