झापाको अर्जुनधारामा भीरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ ।
आइतबार साँझदेखि वेपत्ता रहेका अर्जुनधारा-२ लाप्चेटार बस्ने ६५ वर्षीय यमबहादुर लाय मगरको शान्ति सामुदायिक वनभित्र पर्ने अन्दाजी ६० फिट अग्लो भीरबाट लडेर मृत्यु भएको हो ।
आफ्नै पुरानो घर जान्छु भनी हिडेकोमा घर फर्कि नआएपछि खोजतलास गर्ने क्रममा भीरबाट लडेर आज मृत अबस्थामा फेला परेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







