झापा । अर्जुनधारा–१ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा निःशुल्क आँखा शिविर भएको छ ।
बछलादेवी सोसियल फाउन्डेसन बिर्तामोडको आयोजनामा बिहीबार निःशुल्क आँखा शिविर भएको हो ।
मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग तथा सिद्धेश्वरी महिला समूह खुदुनाबारीको सहयोगमा सम्पन्न शिवीरमा स्थानीय ९६ वर्षीय भवानी खड्काको आँखा जाँचबाट उद्घाटन गरिएको थियो ।
Advertisement
शिविरमा ४६१ जनाले आँखा जाँच गराएका छन् ।
आँखा जाँच गरिएकाहरुमा धेरैजसो मोतीया बिन्दु समस्या देखिएको चिकित्सक योगेन्द्र राउतले बताउनुभयो।
जटिल समस्या देखिएका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि काँकरभिट्टास्थित मेची नेत्रालय पठाईने फाउन्डेसनका लक्ष्मी खनालले जानकारी दिनुभयो ।








