• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बच्चालाई किन दुख्छ पेट?


  •    डा.विनिता गुरुवाचार्य/ बुधबार, साउन १५, २०८२  

  • बच्चाहरुको पेट दुखाइ हरेक आमाबुबाको चिन्ताको कारण बनेको हुन्छ । बच्चाको पेट दुखाइलाई हामी तीन भागमा विभाजन गर्न सक्छौं । एउटा सामान्य खालको दुखाइ हो, जसको निदान पनि छिटो हुन्छ । दोस्रो खालको समस्यामा इमर्जेन्सी रुपमा अस्पताल पुर्‍याउनुपर्ने हुन्छ भने तेस्रो खालको समस्या दीर्घकालीन हुन्छन्, जसका लागि लामो समय औषधि सेवन गर्नुपर्ने हुन्छ ।

    बालबालिकाहरुमा पनि नवजात शिशु तथा १ देखि ३ वर्षका र स्कुल जाने उमेरका बच्चाहरुमा देखिने लक्षणलाई फरक रुपमा हेर्न सकिन्छ ।

    Advertisement

    नवजात शिशुहरुमा पाचन प्रणालीको राम्रोसँग विकास भएको हुँदैन, जसले गर्दा मांसपेशीको राम्रोसँग समन्वय भएको हुँदैन र आन्द्राहरुमा मसल्स स्माजम (Muscles Smasm) भइरहेको हुन्छ। त्यसबाहेक पेटमा धेरै ग्यास बन्दा पनि बच्चालाई पेट दुख्ने हुन्छ । बच्चाले स्तनपान गर्दा स्तनको मुन्टो (निप्पल) मात्र चुसिरहेको छ भने ग्यास बढी गएर पेट दुख्ने हुन्छ ।

    Advertisement

    त्योबाहेक वातावरण परिवर्तन भएको (धेरै जाडो या धेरै गर्मी), घरमा धेरै भीडभाड तथा बढी हल्ला भएको अवस्थामा पनि बच्चाले रोएर प्रतिक्रिया दिन सक्छन् । साँझमा रुन्छन् भने काँधमा लिएर मसाज गरिदिँदा ग्यास निस्कन्छ र उनीहरुलाई सञ्चो हुन्छ ।

    यस्तै १ देखि ३ वर्षका र स्कुल जाने उमेरका बालबालिकामा पेटको संक्रमण भयो भने पनि पेट दुख्छ । खासगरी यस्तो संक्रमण ‘एच पाइलोरी’ भन्ने किटाणुले हुन्छ । यसबाहेक चिल्लो, पिरो, बाहिरको जंकफुड तथा रंगयुक्त खाना खाँदा र दुखाइ कम गर्ने औषधि खाँदा पनि ग्यास्ट्राइटिस हुन्छ र पेट दुख्छ ।

    बच्चालाई बढी हुने समस्या कब्जियत पनि हो । नियमित शौचालय जाने बानी नभएको, दिसा रोकेर राख्ने बालबालिकामा कब्जियत हुन्छ । सामान्यत: हप्तामा तीन पटकभन्दा कम दिसा भएको, दिसा कडा या सुख्खा भएको अवस्थालाई कब्जियत मानिन्छ । धेरैजस्तो बच्चामा गेम खेलेर बसेको अवस्थामा, वातावरण परिवर्तन भएमा या नयाँ ठाउँमा जाँदा दिसा रोकेर राख्ने बानीले पनि कब्जियत भइरहेको हुन्छ । जंकफुड बढी खाने, दूध बढी सेवन गर्ने र सागसब्जी कम खानेमा पनि कब्जियत देखापर्छ ।

    त्यसैले चौबिस घण्टाभन्दा बढी समयसम्म पेट दुखेको छ, दुखाईले निद्रा बिग्रेको छ, ज्वरो आएको छ, पानीको कमी महसुस भएको छ, केही खाइरहेको छैन, बान्ता भएको छ या रगत मिसिएको बान्ता गरेको छ भने अस्पताल लैजानुपर्छ । यसबाहेक दुखाइसँगै बच्च्चाले राम्रोसँग खाइरहेको छैन, तौल घटेको छ, मस्तिष्कको राम्रोसँग विकास भइरहको छैन भने अस्पताल लैजानुपर्छ ।

    यस्तै बच्चाहरुमा ग्लुटेन एलर्जी पनि हुन्छ । यो भनेको, गहुँ-जौमा हुने ग्लुेटन अर्थात् प्रोटिन खाँदा एलर्जी भएर पेट दुख्ने हो । सँगै दिसा पातलो हुने र तौल नबढ्ने हुन्छ । बच्चालाई प्रायजस्तो ६ महिनापछि ठोस खाना खुवाइन्छ । गहुँ मिसिएको खाना खुवाइएको छ भने यस्तो लक्षण देखा पर्न सक्छ ।

    बालबालिकालाई हुने अर्को समस्या ‘इन्फ्लेमेट्री बाउल डिजिज’ पनि हो । योे शरीरको प्रतिरोधी प्रणालीले आन्द्राविरुद्ध प्रतिरोधी प्रणाली बनाउने र आन्द्रालाई आक्रमण गर्ने अवस्था हो । सानो र ठूलो दुवै आन्द्रा सुन्निएको हुने यो अवस्थामा पेट दुखाइसँगै दिसामा रगत जाने, र्‍यालजस्तो दिसा जाने, तौल नबढ्ने, रगतको कमी हुनेजस्ता लक्षण देखापर्छ । यस्तो समस्या देखिँदा पनि अस्पताल जानुपर्छ ।

    (डा.विनिता नर्भिक अस्पतालका कन्सल्ट्यान्ट पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट हुनुहुन्छ ।)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.