झापा । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि झापाको सबैभन्दा ठूलो मेची बहुमुखी क्याम्पसमा ११ वटा संगठनले दर्ता गराएका छन् ।
एरिका थापा प्रमुख रहेको अखिल क्रान्तिकारी , स्वस्तिका लामाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन , अम्बिर अधिकारीको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन , गौरव लुईटेलको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ,हेमराज गौतमको स्वतन्त्र विद्यार्थी कल्याण परिषद , चन्दनकुमार महत्तोको नेपाल विद्यार्थी संघ (स्वतन्त्र), कुशल महतको नेपाल विद्यार्थी संघ , दिक्षा कडरियाको अखिल नेपाल विद्यार्थी यूनियन ( समाजवादी) , किशोर ढुंगानाको नेपाल विद्यार्थी संघ , रोजन चापागाँईको स्वतन्त्र विद्यार्थी जनहित संघ र निशान दर्नालको मेची विद्यार्थी यूनियनले दर्ता गराएको मेची बहुमुखी क्याम्पस स्ववियू निर्वाचन समितिका निर्वाचन अधिकृत डमरप्रसाद रेग्मीले जानकारी दिए ।
स्ववियू चुनावअन्तर्गत सोमबार संघ/संगठन दर्ताको कार्यतालिका रहेको थियो । दिउँसो तीन बजेसम्म संघ/संगठन दर्ताको समय तोकिएको थियो । निर्वाचन कार्यक्रमअनुसार २१ फागुनमा मतदाता सूची प्रकाशित २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध र छानबिनको कार्यतालिका छ । झापाका १३ वटा क्याम्पसहरुमा स्ववियू निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगको कार्यालय स्थापना गरेर निर्वाचन कार्यक्रम शुरु गरिएको मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख देवी आचार्यले जानकारी दिए । झापामा सबैभन्दा बढी मेची क्याम्पसमा ३४५० जना विद्यार्थी रहेका छन् । जिल्लाका मेची बहुमुखी र गौरादह कृषि क्याम्पस गरी दुई आंगिकसहित १३ वटा क्याम्पसमा स्ववियू निर्वाचन हुन लागेको हो ।
मेची बहुमुखी क्याम्पस भद्रपुर, त्रिदेव क्याम्पस चारआली मेचीनगर, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, कनकाई आदर्श क्याम्पस बिर्तामोड,कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, दमक क्याम्पस दमक, गौरीगञ्ज बहुमुखी क्याम्पस गौरीगञ्ज , सीतारमेश क्याम्पस बुधबारे ,शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा, गौरादह कृषि क्याम्पस गौरादह, गरामनी क्याम्पस बिर्तामोड , गौरादह बहुमुखी क्याम्पस गौरादह र काँकडभिट्टा बहुमुखी क्याम्पस मेचीनगरमा निर्वाचन हुन लागेको जनाइएको छ ।
विद्यार्थी संगठनहरुले आआफ्ना उम्मेदवार घोषणा गर्न थालेका छन् । यसक्रममा एमाले निकट अनेरास्ववियूले १३ वटा क्याम्पसको स्ववियू सभापतिका उम्मेदवार टुंगो लगाएको छ यस्तै यस्तै अन्य विद्यार्थी संगठनहरुले आ-आफ्ना उम्मेदवार घोषणाका लागि केन्दिकृत भएको बताएका छन् । राजनैतिक दलहरु जिल्ला केन्द्रित भएर आ-आफ्नै उमेद्वार जिताउन लागिपर्न थालेका छन् भने क्याम्पसहरुमा हुन लागेको स्ववियू निर्वाचनको सुरक्षाका लागि प्रदेशबाट सर्कुलर आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।







