पैनीमा डुबेर बिर्तामोडमा एक वृद्धाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो अन्दाजी १ बजे बिर्तामोड-६ बुट्टावारी बस्ने अन्दाजी ७८ वर्षीया इन्द्रमाया राईको घर नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो ।
डुबिरहेको अबस्थामा उनकै नातिनी मनिषा राईले देखेर उपचारको लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
Advertisement







