• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कैदी फरार भएपछि दुई प्रहरी निलम्बित


  •    संवाददाता/ बिहिबार, मङि्सर १८, २०७७  

  • चितवन । भरतपुर कारागारबाट कैदी फरार भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

    गएको मंसिर ११ गते साँझ ५.३० बजेको समयमा जर्वजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ बर्षिय कैदीबन्दी रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।

    Advertisement

    श्रेष्ठले भलिबल खेल्ने नेटको जाली खोलेर कारागारको पर्खालको काँडेतारमा अड्काएर त्यसमै झुण्डिएर भागेको कारागार प्रमुख कमलप्रसाद काफ्लेको दावी छ । गत साउन २० गते जर्बजस्ती करणी मुद्धाको फैसला भएपछि उनलाई सजाय भुक्तानीका लागि कारागार पठाइएको थियो ।

    Advertisement

    कारागार सुरक्षाका लागि २८ जना जनपथ प्रहरी खटिएका छन् । १६ वटा सिसी क्यामेरा, ७३ जना आन्तरिक सुरक्षा र १० जना कारागार प्रशासनका कर्मचारी छन् ।

    कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई असावधानी अपनाएको भन्दै निलम्बन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरूङले सुरक्षामा ध्यान दिन नसक्ने प्रहरीलाई निलम्बन गरिएको जानकारी दिए ।

    कारागार प्रमुख काफ्लेले प्रहरीको डिउटी परिवर्तन हुने मौका छोपेर कैदी फरार भएको दावी गर्दै आएका छन् । फरार श्रेष्ठको खोजी जारी छ । छानविन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कारागारको निगरानी, सुरक्षा र प्रशासन अति नै दयनीय भएको पाइएको बताए ।

    जुनसुकै बेला पनि कैदीहरु भाग्ने र घटना हुनसक्ने अवस्था आफूहरुले पाएको उनको भनाइ छ । प्रतिवदेनमा दीर्घकालमा उपयुक्त, सुरक्षित र व्यवस्थित कारागार बनाउन सुझावसमेत दिइएको छ ।

    कारागार प्रशासन, सुरक्षा प्रशासन, आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकोले विभागिय कारर्वाहीका लागि प्रतिवदेनमा सिफारिस गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    बिर्तामोडमा बिहिवार बिहान सम्म कर्फ्यु
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.