बिर्तामोड-भद्रपुर सडकखण्डको बिर्ताबजारमा छोटा हात्तीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।
बिहीबार साँझ ६:३० बजे बिर्तामोड नगरपालिका वडा नं.३ बिर्ताबजारस्थित बिर्तामोड-भद्रपुर सडकखण्डमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदलयात्री भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड-३ सैनिकमोडमा डेरा गरी बस्ने अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारीलाई ठक्कर दिएको थियो ।
टाउकोमा चोट लागेर बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेका पानवारीको आज बिहान २ बजे मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने छोटा हात्ती र चालक कन्काई नगरपालिका वडा नं.८ बस्ने ४६ वर्षीय मानबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
Advertisement







