अघिल्लो हप्ताको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४६ जना पुगेको छ ।
त्यस्तै १८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन् भने एक सय ७८ जना घाइते भएका छन् ।
बाढी पहिरोमा परी पाँच वटा जिल्लामा धेरै जनाको ज्यान गएको छ । जसमध्ये काभ्रेमा सबैभन्दा धेरै ७८ ज्यान गएको छ ।
Advertisement
त्यसैगरी ललितपुरमा ४६, धादिङमा ३९, काठमाडौँमा १९, सिन्धुपाल्चोकमा १० जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।







