इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ ।
केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन: उडान सुरु भएको हो । गएको बिहीवार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।
यात्रु पाएसँगै आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए । उनका अनुसार काठमाडौँबाट इलामका लागि छ जना यात्रु लिएर आएको जहाज काठमाडौँका लागि आठ जना यात्रु लिएर फर्किएको छ ।
Advertisement
अब रहेक बिहीवार नियमित उडान हुनेछ । बर्खा लागेसँगै खराब मौसमका कारण साढे तीन महिनादेखि नभएको उडान शुरु भएसँगै यात्रुलाई सहज भएको छ ।







