खुकुरी प्रहार गरी दुईजना छिमेकीलाई घाइते बनाएको आरोपमा झापाको मेचीनगरबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.१० का ३२ वर्षीय मदन नेपालीलाई रहेका छन् ।
उनले मंगलबार राति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ वर्षीय अरण कवर र ३८ वर्षीय जुरेन कवरमाथि खुकुरी प्रहार गरेका थिए । अरुणको टाउको र देब्रे हातमा चोट लागेको छ भने जुरेनको तल्लो ओठमा चोट लागेको छ ।
Advertisement
घाइतेहरुलाई उपचारका लागि मनमोहन हस्पिटल बिर्तामोडमा ल्याइएको र खुकुरी प्रहार गर्ने नेपालीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जनाइएको छ ।







