धनुषाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित सतलोक आश्रममा दश जोडीले सामूहिक विवाह गरेका छन् ।
सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।
सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए ।
Advertisement







