मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् ।
सुन्दरहरैँचा नगरपालिका वडा नं.७ मा रहेको केरा बगानभित्र एक वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका एक वर्षीया अर्पणा कार्की र तीन वर्षीया आयिका कार्की धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु हुन् । उनीहरुको आज करिब साढे चार बजे शव फेला परेको हो ।
Advertisement
प्रहरीका अनुसार अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् । धनकुटाको पाख्रिबास नगरपालिका-४ डिकुरे घर भएका अर्जुन पत्नी र दुई छोरीसहित मोरङको सुन्दरहरैँचा-७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए ।







