डेंगू रोगको संक्रमणबाट इलाममा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् । उनको उपचारका क्रममा बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मंगलबार निधन भएको जनाइएको छ ।
मृतक नारायणलाई अत्याधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पु¥याइएको थियो । तर, प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन भएको हो ।
Advertisement







