झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोक्तान मंगलबार बेलुका ५:३० बजे चुडालचोक पूर्व बाटो छेउको नाली जमेको पानीमा करेन्ट लगाई माछा मार्न गएका थिए ।
सोही क्रममा करेन्ट लागेर घाइते भएका उनलाई डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो । अस्पताल पु¥याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
Advertisement
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







