मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोर्दाचोर्दै एक व्यक्ति पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका वडा नं.३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको प्रदेश १-०१-०१४प २२० नं को मोटरसाइकल चोर्दै गर्दा इलाम पशुपतिनगर कोल्बुङ बस्ने २५ वर्षीय दिलबहादुर राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
बिर्ताबजार प्रहरी चौकीका इन्चार्ज पदम बिष्टको टोलीले रङ्गेहात पक्राउ गरी कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको बिर्ताबजार प्रहरी चौकीका व्यवस्थापन समिति अध्यक्ष विरन कोइरालाले जानकारी दिए ।
Advertisement







