सीमान्तकृत सन्थाल समुदायबाट एसईईकै इतिहासमा उच्च अंक ल्याउन सफल टेकनाथ सोरेनलाई निदि माध्यमिक विद्यालयले नि:शुल्क पढाउने भएको छ ।
झापाको बिर्तामोड स्थित विद्यालयले सोरेनलाई कक्षा ११ र १२ मा विज्ञान विषयमा नि:शुल्क पढाउने संस्थापक प्रिन्सिपल रञ्जित शाहले जानकारी दिए ।
प्रिन्सिपल शाहले प्लस टु पछाडी पनि सोरेनलाई पठनपाठनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
Advertisement
झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माविबाट सोरेनले २०८० को एसईईमा ३.८२ जीपीए अंक ल्याएर सन्थाल समुदायबाट नेपाल टप गरेका हुन् ।
वि.सं.२०६४ साउन ३० गते जन्मिएका बाह्रदशी-६ डाँगीबारीका सोरेनका बुवा राजिन्दर र आमा उषा सामान्य खेतीपाति र अर्काको ज्यालादारीमा काम गर्दै आएका छन् ।







