• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरमा बेठी लगाएर रोपाइँ, किसानलाई सम्मान


  •    संवाददाता/ शनिबार, असार १६, २०८१  

  • झापाको मेचीनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले किसानलाई सम्मान गरेको छ ।

    २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँको अवसरमा मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा हली, बाउसे र रोपारलाई टोपी, माला र खादा लगाएर सम्मान गरिएको हो ।

    Advertisement

    यसैबीच बेठी लगाएर धान रोपाइँ गर्ने परम्परा लोप हुँदै गइरहेको बेला बेठी लगाएर धान रोपाइँ पनि गरिएको छ ।

    Advertisement

    राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन मेचीनगरको आयोजना, राप्रपा बुद्धशान्ति गाउँपालिकाको सह-आयोजना तथा राप्रपा मेचीनगर-१२ को व्यवस्थापनमा बेठी लगाएर धान रोपाइँ गरिएको हो ।

    बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । तर, झापाको मेचीनगरमा यसको संरक्षण गर्नुपर्छ भन्ने मान्यताका साथ नौमती बाजासहित रोपाइँ गरिएको हो ।

    असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेकाले यसलाई जिवन्त राख्नका लागि कार्यक्रम आयोजना गरिएको राप्रपा मेचीनगर-१२ अध्यक्ष इन्द्रमणी प्रसाईंले जानकारी दिए ।

    राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन मेचीनगरका उपाध्यक्ष प्रेम इन्जामको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राप्रपा केन्द्रिय सदस्य श्याम ओली रहेका थिए ।

    उक्त अवसरमा राप्रपा झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझासहित केन्द्रिय, प्रदेश, जिल्ला, नगर र वडासम्मका नेताकार्यकर्ताको सहभागिता रहेको कार्यक्रमको सञ्चालन राप्रपा मेचीनगरका सचिव विशाल बास्कोटाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.