झापाको गौरीगञ्जमा खोलामा डुबेर बेपत्ता एक जनाको शव भेटिएको छ भने अर्काको खोजी कार्य जारी छ ।
बिहीबार दिउँसो ४ बजे गौरीगञ्ज वडा नं.१ ढेबुवस्ती निवासी ४० वर्षीय लुखीराम मुर्मू वडा नं.१ स्थित कमल खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका थिए । बेपत्ता भएको दिनदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य जारी रहेको थियो ।
आज बिहान ८:५ बजे उनी मृत फेला परेका छन् । बेपत्ता भएको स्थानबाट केही पर खोलामा घोप्टो परेको अवस्थामा उनको शब फेला परेको हो ।
Advertisement
त्यसैगरी बुधबार साँझदेखि बनियानी खोलामा हराएका बालक मिलन बिक अझै फेला नपरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गौरीगञ्ज वडा नं.१ स्थित कमल बनियानी खोलाले बगाउँदा वडा नं.१ झोलुंगे टोलका वेद बिकका १३ बर्षिय छोरा मिलन बिक बेपत्ता भएका हुन् ।







