• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकालाई हेल्मेट लगाइदिएर झापामा ट्राफिक सप्ताह शुरु


  •    संवाददाता/ शुक्रबार, असार ०८, २०८१  

  • सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि झापासहित कोशी प्रदेशभरि ट्राफिक सप्ताह शुरु भएको छ ।

    दुर्घटना न्यूनीकरण तथा सचेतना जगाउने उद्देश्यले पूर्वका १४ जिल्लामा एकसाथ ट्राफिक सप्ताह शुरु भएको हो

    Advertisement

    कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा शुरु भएको ट्राफिक सप्ताहमा ट्राफिक नियम र सडक अनुशासन पालना गराउन सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुका साथै अनुगमन र कारवाही गरिने बताइएको छ ।

    Advertisement

    यता झापामा पनि दुई पांग्रे सवारी बढी मात्रामा दुर्घटनामा पर्ने गरेकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बालबालिकालाई हेल्मेट लगाइदिएर ट्राफिक सप्ताह शुरु गरेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडबाट विभिन्न संघ संस्थासहित शुरु भएको र्यालीले बिर्तामोड नगर क्षेत्रको परिक्रमा गरेको थियो ।

    सचेतनामूलक प्लेकार्डसहित शुरु भएको र्यालीमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रकाश विष्ट, सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, अरिदमन गण चारआलीका गणपति प्रमुख प्राजु बस्न्यात, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख कुलचन्द्र नेपाल , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

    प्रमुख जिल्ला अधिकारी बास्तोला र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक केसीले दिश्रेया चौधरी र सदिपन गौतमलाई हेल्मेट लगाइदिएर कार्यक्रम उद्घाटन गरेका थिए । नेपालमा मानिसहरूले अधिक सडक यातायात प्रयोग गर्ने र दुर्घटना समेत बढी हुने गरेकाले जनचेतनामार्फत दुर्घटना न्यूनीकरण गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

    सप्ताहव्यापी रूपमा मनाइने कार्यक्रममा ‘सातै दिन सातै काम’ नाराका साथ ट्राफिकसँग सम्बन्धित अलगअलग कार्यक्रम गरिने प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । एक हप्ताको अवधिमा ट्राफिक सचेतना जगाउने विभिन्न कार्यक्रमहरू गरिने उनले बताए ।

    यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सहयोग गरेको भन्दै पुष्प भण्डारीलाई सम्मान गरिएको थियो ।

    केयर फष्ट फार्मेसी एण्ड केयर फस्ट डाइग्नोष्टिक सेन्टरका सञ्चालक भण्डारीलाई प्रमुख जिल्ला अधिकारी बास्तोलाले सम्मान गरेका हुन् । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी अस्वस्थ भएमा निःशुल्क उपचार गर्दै आएका छन् । योसँगै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि गरिने विभिन्न कार्यक्रममा सहयोग पुर्याउँदै आएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.