चट्याङ लागेर झापाको मेचीनगरमा एक हल राँगा मरेको छ ।
आज बिहान ४ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधिराखेको दुईवटा राँगा अबिरल बर्षासंगै परेको चट्याङ लागेर मरेको हो । चट्याङबाट १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
चट्याङले लागेर सोही गोठमा बाँधिराखेको एउटा माउ भैँसीको देब्रेपट्टिको करङमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







